Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
ओमानबाट अक्सिजन सिलिन्डर लिएर वाइडबडी जहाज नेपाल आइपुग्योे

'मातृभूमिलाई परेको संकटसँग जुध्न सबैले हातेमालो गरौं'

'मातृभूमिलाई परेको संकटसँग जुध्न सबैले हातेमालो गरौं'

  • शनिवार, जेठ १ २०७८

  • 1.4K
    SHARES

  • 'मातृभूमिलाई परेको संकटसँग जुध्न सबैले हातेमालो गरौं'

    काठमाडौँ — नेपाल एयरलाइन्सको वाइडबडी जहाज ५६० वटा अक्सिजन सिलिन्डर लिएर ओमानबाट आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र मस्कटस्थित नेपाली दूतावासको सहकार्यमा सिलिन्डर जुटाइएको हो ।

    एनआरएनए मध्यपूर्वका सचिव आरके शर्माका अनुसार अल हप्सी ट्ेरडिङ कम्पनीसँग ६३ हजार ७ सय डलर भुक्तानी गरेर सिलिन्डर खरिद गरिएको हो । यो रकम खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिक र व्यवसायी र सामाजिक संघ-संस्थाबाट एनआरएनको नेतृत्वमा उठाइएको हो ।

    आर्थिक संकलनका जिम्मेवारी लिएका सचिव शर्माले ओमान, कतार, कुवेत, बहराइन, साउदी अरब र संयक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपालीबाट सिलिन्डर खरिदमा उत्साहजनक सहभागिता रहेको बताउनुभएको छ । हालै एक भिडियोमार्फत उहाँले मातृभूमिलाई परेको संकटबाट जुध्न सबै प्रवासी नेपाली हातेमालो गर्नुपर्ने बताउनुभएको छ ।

    ‘मातृभूमिमा आपत परेको अवस्थामा आफ्ना परिवार, आफन्त र साथीभाइलाई बचाउन खाडीमा कार्यरत नेपालीले आफ्नो जिम्मेवारी पूरा गरेको छ’, उहाँले भन्नुभएको छ, ‘हरेक हिसाबको पारदर्शी रहन्छ । रकम बढी भएमा थप यस्तै कार्यमा लगाइनेछ ।’

    ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले सामुदायसँगको हातेमालोले सिलिन्डर जुटाउन सफलता मिलेको बताउनुभएको छ ।


    शनिवार, जेठ १ २०७८०७:४९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij