Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट हैन सरकारले लकडाउनबाट मुक्ति दियो

कोरोनाबाट हैन सरकारले लकडाउनबाट मुक्ति दियो

  • बुधवार, श्रावण ७ २०७७

  • 1.1K
    SHARES

  • कोरोनाबाट हैन सरकारले लकडाउनबाट मुक्ति दियो

    काठमाडौँ – गत चैत्र ११ गतेदेखि मुलुकभर लागु गरिएको लकडाउन मंगलबार रातिदेखि अन्त्य भएको घोषणा सरकारले गरेसँगै मुलुकभरका सडकमा मानिसहरुको बाक्लो आवागमन सुरु भएको छ । सरकारले नै कोरोना संक्रमणको दर निकै नै न्यून भइसकेको तथ्याङक पेश गर्दै भ्रम सृजना गरेपछि मानिसहरु घरबाहिर निस्कने क्रम बढेको हो ।

    झनै लकडाउन अन्त्यको घोषणापछि त जनजीवन पुरानै अवस्थामा फर्कन थालेको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन आयोजना गर्ने प्रेस बिफ्रिङमा नेपालमा कोरोना रोकथामका लागि भएका सरकारी प्रयास सार्क राष्ट्रका अन्य मुलुकको तुलनामा निकै नै माथि रहेको दाबी गर्दै आएको थियो । परीक्षणको दायरा भने झन झन घटाउँदै लगेर संक्रमित कम देखिएको भन्दै भ्रम सृजना गरेको सरकारले मंगलबार रातिदेखि त लकडाउन अन्त्य भएको घोषणा नै ग¥यो ।

    सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेकै दिन पर्सामा स्वेच्छाले परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ट्राभल हिस्ट्री नभएका र स्वेच्छाले परीक्षण गराउन आएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमा संक्रमण फैलिएको आशंका भएको बताउनुभयो ।
     
    स्वेच्छाले परीक्षण गराउन आएका र ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिनु भनेको संक्रमण समुदायस्तरमा फैलिएको र उच्च जोखिमको अवस्था सृजना भइसकेको संकेतका रुपमा बुझ्न पर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । तर स्वास्थ्य तथा जनासंख्या मन्त्रालय भने नेपालमा कोरोना संक्रमणको दर घटिरहेको सन्देश प्रशारण गरेर जनतामा भ्रम सृजना गरिरहेको छ । आजको नियमित प्रेस ब्रिफिङका क्रममा पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणदर दुई देखि तीन प्रतिशतमा झरेको दाबी गर्नुभयो ।
     

    सरकारले पीसीआर परीक्षणको दर दैनिक १५ हजारसम्म पु¥याउने दाबी गरेको थियो । तर पछिल्ला केही दिन यता औषतमा तीनदेखि चार हजार जनाको मात्रै पीसीआर परीक्षण भइरहेको छ । थोरै मात्र पीसीआर परीक्षण गर्ने र कम भन्दा कम संक्रमित देखाएर भ्रम सृजना गर्ने कार्य सरकारबाट भइरहेको हो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले भ्रम सृजना गरेपछि जनतामा कोरोना संक्रमणको जोखिम बढेको बताउनभयो । उहाँले जनतालाई कोरोनाबाट मुक्ति दिनुपर्ने ठाउँमा सरकारले लकडाउनबाट मात्रै मुक्ति दिन खोजेको बताउनुभयो ।

    चिकित्सकहरुले भने सरकारले लकडाउन अन्त्यको घोषणा गरे पनि जोखिम कम भइनसकेकोे उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । सरुवा रोग विज्ञेषज्ञ डा. शेरबहादुर पुनले लकडाउन अन्त्यको सरकारी घोषणा एकातिर भए पनि नागरिकले उच्च सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले हावाबाट पनि कोरोना सर्न सक्ने कुरालाई विश्व स्वास्थ्य संगठनले नकारेको अवस्था नभएकोले उच्च सावधानी अपाउन आग्रह गर्नुभयो ।
     
    कतिपयले कर उठाउन नपाएर आर्थिक संकट उत्पन्न भएपछि सरकारले लकडाउन अन्त्यको घोषणा गरेको आरोप पनि लगाएका छन् । लकडाउन अन्त्यको घोषणा गरे पनि कोरोना संक्रमणको जोखिम भने कम नभएको सरकार आफैले पनि बताइरहेको छ । एकातिर जोखिम कायमै रहेको बताउने अर्काेतिर लकडाउन अन्त्यको घोषणा पनि गरेर सरकारले भ्रम सृजना गरेको भन्दै आलोचना भइरहेको छ । कतिपयले केका लागि यत्रो समयसम्म लकडाउन गरेको र अहिले केका लागि अन्त्यको घोषणा गरेको हो भन्दै सरकारको जवाफ माग गरेका छन् ।


    बुधवार, श्रावण ७ २०७७०८:०९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij