काठमाडौं । नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत चौबिस घण्टामा ३७७९ जनाको पीसीआर परीक्षण गरिएकोमा जम्मा १०० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५३७० रहेको छ । गत चौबिस घण्टामा २०७ जना संक्रमणमुक्त भई आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
यो सँगै आजसम्म संक्रमण मुक्त हुनेको संख्या १२६८४ रहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण निधन हुनेको संख्या नेपालमा ४२ पुगेको छ ।