Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि

राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधवार, श्रावण ७ २०७७

  • 726
    SHARES

  • राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि

    राजविराज । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ । राजविराज नगरपालिका–२ का ३१ बर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ बर्षीय पुरुष, राजविराज ६ का ३२ र ३६ बर्षीया महिला, तथा ४० र ४३ वर्षका पुरुष संक्रमित देखिएका छन् ।

    राजविराज वडा नम्बर ७ का २० बर्षीय पुरुष र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकै तथा अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का एक पुरुष संक्रमित देखिएका छन् ।

    संक्रमितमध्ये राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपर पनि रहेका छन् । एक जना अस्पतालभित्रको आकस्मिक कक्षमा कार्यरत नर्स र र अर्का एक स्वीपर रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।


    बुधवार, श्रावण ७ २०७७०३:५६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij