Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमा थपिए २२ जनामा कोरोना संक्रमित

कर्णाली प्रदेशमा थपिए २२ जनामा कोरोना संक्रमित

  • बुधवार, श्रावण ७ २०७७

  • 1.0K
    SHARES

  • कर्णाली प्रदेशमा थपिए २२ जनामा कोरोना संक्रमित

    सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् ।
    दैलेखका संक्रमितहरु ठाँटीकाँध गाउँपालिकाको वडानम्बर १, २, ३, ४ र ६ का दुईजना मिहला र १४ जना पुरुष रहेका छन् ।

    यस्तै, कालीकोटको रास्कोट नगरपालिका वडानम्बर २ की एक वर्षे बालिका, १८ महिने र तीन वर्षे बालक, २२ र २४ वर्षीया युवती रहेका छन् भने वडानम्बर ८ का २१ मर्षीय युवक रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ ।

    यस्तै, कर्णालीमा बुधबार मात्रै १३ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५४६ पुगेको छ । प्रदेशमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ ।


    बुधवार, श्रावण ७ २०७७०३:३७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij