Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बहुमत पु¥याउन देउवाको कसरत, बोलाए पदाधिकारी बैठक

बहुमत पु¥याउन देउवाको कसरत, बोलाए पदाधिकारी बैठक

  • मंगलवार, बैशाख २८ २०७८

  • 1.0K
    SHARES

  • बहुमत पु¥याउन देउवाको कसरत, बोलाए पदाधिकारी बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेतासमेत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पक्षमा बहुमत जुटाउन लागिपर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा बहुमतको सरकार गठनका लागि कसरत थाल्नुभएको छ ।

    सोमबार प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेश गर्न आव्हान गर्नुभएको थियो । यसपछि कांग्रेससँगै विपक्षी दलहरुले आफ्नो गठबन्धनमा बहुमत पु¥याउने कसरत थालेका थिए । सोहीअनुरुप देउवाले थप प्रयास अघि बढाउनुभएको हो ।

    कांग्रेस सभापति देउवाले बहुमतको सरकारका विषयमा छलफल गर्न भन्दै आज पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको छ ।
    बैठक दिउँसो ३ बजे बुढानिलकण्ठस्थित देउवा निवासमा हुनेछ । जसमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी सहभागी रहने स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

    राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिन अर्थात् बैशाख ३० गते (बिहीबार) राति ९ बजेसम्मको अवधि तोक्नुभएको छ । देउवाले आज पार्टीका नेताहरुसँग औपचारिक छलफल गरेपछि बुधबार अन्य दलहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

    स्रोतका अनुसार सरकार गठनका लागि देउवालाई नेकपा (माओवादी केन्द्र)ले साथ दिएको छ । कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल समूहसँग पनि बहुमतको सरकार गठनका लागि छलफल गरिरहेका छन् ।

    सोमबारको संसद् बैठकमा सभापति देउवाले बहुमतको सरकार गठन गर्ने प्रस्ताव गर्नुृभएको थियो । जसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन गर्नुभएको थियो ।

    प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतको प्रस्तावमाथि छलफल गर्दै संसद्मा देउवाले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउने प्रस्ताव गर्नुभएको थियो ।

    देउवापछि बोलेका प्रचण्डले ओलीलाई विश्वासको मत दिने जनाउँदै देउवाको प्रस्तावलाई समर्थन गर्नुभएको थियो ।

    बहुमतको सरकार गठनका लागि एमालेको ओली समूह र जसपाका अध्यक्ष महन्थ ठाकुरबाहेक प्रायः सबै दलका नेता सहमतिमा पुगेको देउवानिकट स्रोतले जनाएको छ ।

    संविधानको धारा ७२ (२) मा दुई वा दुईभन्दा बढी दल मिलेर संयुक्त सरकार बनाउन सकिने व्यवस्था छ ।


    मंगलवार, बैशाख २८ २०७८१२:११:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij