काठमाडौँ । काठमाडौं जिल्लामा थप १५ दिन निषेधाज्ञा लम्बिने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले काठमाडौँमा निषेधाज्ञाको अवधि थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो ।
योसँगै अब जेठ १२ गतेसम्म काठमाडौँमा निषेधाज्ञा कायम रहने भएको छ ।
यसअघि दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि वैशाख २९ गते सकिँदै छ ।