Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण,५२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण,५२ जनाको मृत्यु

  • आइतवार, बैशाख २६ २०७८

  • 1.1K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण,५२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्य काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, लितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

    हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो । यो समेत गणना गर्दा आज मृतक संख्या ८८ रहेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६८४ पुगेको छ।

    गत २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ ।


    आइतवार, बैशाख २६ २०७८०४:४५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij