Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले सिएनएनसँग भने, ‘नेपालमा कोरोना नियन्त्रणमै छ' (भिडियो क्लिपसहित)

प्रधानमन्त्रीले सिएनएनसँग भने, ‘नेपालमा कोरोना नियन्त्रणमै छ' (भिडियो क्लिपसहित)

  • शनिवार, बैशाख २५ २०७८

  • 1.0K
    SHARES

  • प्रधानमन्त्रीले सिएनएनसँग भने, ‘नेपालमा कोरोना नियन्त्रणमै छ' (भिडियो क्लिपसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । अमेरिकी टेलिभिजन सिएनएनलाई आज विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गर्नुभएको हो ।

    नागरिकलाई भाइरस संक्रमणबाट जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको बताउँदै नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गरिएको र अहिलेसम्म नेपालको परिस्थिति नियन्त्रणमा रहेको समेत प्रधानमन्त्री ओलीले जिकिर गर्नुभयो ।

    गत महिना काठमाडौंमा भएका राजनीतिक प्रदर्शन, सभा र जुलुसहरु गर्नु गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले दलबाट हेलचक्र्याइँ भएकोसमेत स्वीकार गर्नुभयो । सरकारको प्रयासको कारण पनि मृत्युदर १ प्रतिशतभन्दा तल सीमित रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

     


    शनिवार, बैशाख २५ २०७८०३:२२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij