Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बारा र पर्साका थपिए ९ जना कोरोना संक्रमित

बारा र पर्साका थपिए ९ जना कोरोना संक्रमित

  • बुधवार, श्रावण ७ २०७७

  • 987
    SHARES

  • बारा र पर्साका थपिए ९ जना कोरोना संक्रमित

    वीरगञ्ज । बारा र पर्सामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।

    सोमबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मारुती फर्मास्युटिकल्समा दुईजना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्टमा रहेका अन्यको पीसीआर परीक्षण गरिएको थियो ।

    जसमध्ये सिम्रौनगढ–८ कचोर्वा घर भई वीरगञ्ज–७ रामटोल बस्दै आएका २९ वर्षीय, पटेर्वासुगौली गाउँपालिका–५ निचुटा घर भइ वीरगञ्ज–११ रानीघाट बस्दै आएका ५५ वर्षीय र परवानीपुर गाउँपालिका–५ बाराका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    त्यस्तै जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ५६ वर्षीय, नारायणी अस्पतालमा कार्यरत ३५ वर्षीय सरसफाइकर्मी, एडभान्स अस्पतालमा भर्ना भएका वीरगञ्ज–५ जेलरोडका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।

    त्यस्तै, आफ्नै खर्चमा पीसीआर जाँच गराएका वीरगञ्ज–२१ लिपनीविर्ता परवानीपुर बस्ने ३५ वर्षीय पुरुष, सखुवाप्रसौनी गाउँपालिका–३ कौवावन कटैया घर भई वीरगञ्ज–१३ राधेमाई टोल बस्दै आएका ३१ वर्षीय पुरुष र बाराको प्रसौनी गाउँपालिका–४ खुटुवाजब्दी घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।


    बुधवार, श्रावण ७ २०७७१२:४०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij