Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

  • बुधवार, बैशाख २२ २०७८

  • 884
    SHARES

  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको अहिलेसम्मकै सबैभन्दा धेरै ५८ जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २४ घण्टामा ५८ जनाको मृत्यु भएको हो । यसअघि हिजो २४ घण्टामा ५५ जनाको मृत्यु भएको थियो ।

    आज थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
    हिजो ७ हजार ६६० जना संक्रमण पुष्टि भएको थियो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र पछिल्लो २४ घण्टामा ४ हजार ८२५ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार ८४९ भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना छन् ।

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ९९३ संक्रमित डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।

    संक्रमण दर दिनप्रति दिन बढ्दै जाँदा ५० बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।


    बुधवार, बैशाख २२ २०७८०४:३६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij