Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, होला त कोरोना नियन्त्रणबारे नयाँ निर्णय ?

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, होला त कोरोना नियन्त्रणबारे नयाँ निर्णय ?

  • मंगलवार, बैशाख २१ २०७८

  • 1.1K
    SHARES

  • उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, होला त कोरोना नियन्त्रणबारे नयाँ निर्णय ?

    काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि आज उपत्यकाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ ।

    उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ । निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ ।

    यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसल र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ ।

    सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान सञ्चालनमा रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ । यी सबै विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका पजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।


    मंगलवार, बैशाख २१ २०७८०१:१९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij