Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सूचना प्रविधि दिवसको अवसरमा आज प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

सूचना प्रविधि दिवसको अवसरमा आज प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

  • आइतवार, बैशाख १९ २०७८

  • 1.2K
    SHARES

  • सूचना प्रविधि दिवसको अवसरमा आज प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

    काठमाडौं । आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभकामना सन्देश जारी गरेका छन् । मन्त्री गुरुङले आधुनिक युुगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै “समृद्ध नेपालः सुुःखी नेपाली”को राष्ट्रिय संकल्पलाई पूरा गर्नेतर्फ सरकारले लक्ष्य लिएको जानकारी दिए ।

    मन्त्री गुरुङले सूचना प्रविधि मैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको उल्लेख गरेका छन् । सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा सूचना प्रविधि क्षेत्रको विकासमा सहज पहुुँच पुर्‍याउन सरकारले संसदमा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको गुरुङले उल्लेख गरेका छन् ।

    ‘सूचना महामार्ग’ निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको, सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चत गर्ने र ती स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउनेको लागि पनि बजेटको व्यवस्था गरेको भन्दै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको बताएका छन् ।

    प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको छ । दूर सञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाईभ जी परीक्षणको काम अगाडि बढाइएको र साइबर अपराध नियन्त्रण, साईबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अतिसंवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यानदिइएको उनले बताएका छन् ।


    आइतवार, बैशाख १९ २०७८०८:११:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij