Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२४ जिल्लामा निषेधाज्ञा जारी, तीन जिल्लामा आइतबारदेखि कार्यान्वयमा आउने

२४ जिल्लामा निषेधाज्ञा जारी, तीन जिल्लामा आइतबारदेखि कार्यान्वयमा आउने

  • शनिवार, बैशाख १८ २०७८

  • 1.0K
    SHARES

  • २४ जिल्लामा निषेधाज्ञा जारी, तीन जिल्लामा आइतबारदेखि कार्यान्वयमा आउने

    काठमाडौं । सरकारले कोरोनाको सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ ।

    गृह मन्त्रालयका अनुसार २७ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म २४ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ । अन्य तीन जिल्लामा आइतबादेखि निषेधाज्ञा कार्यान्वयमा आउने छ ।

    केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ । आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८  र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ ।

    सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

    सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान  र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बागलुङ, बर्दिया र  दार्चुलामा आंशिक आदेश जारी भएको छ ।  जाजरकोटमा आजै  रातिदेखि निषेधाज्ञा हुँदैछ ।

    सल्यान,  डडेलधुरा र झापामा आइतबारदेखि निषेधाज्ञा कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ ।

    गृह प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग अनुरोध गरेका छन् ।


    शनिवार, बैशाख १८ २०७८०८:१५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij