Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मनाङेलाई मन्त्री बनाए पनि गण्डकी सरकार अल्पमतमा, यस्तो छ गणित

मनाङेलाई मन्त्री बनाए पनि गण्डकी सरकार अल्पमतमा, यस्तो छ गणित

  • बिहिवार, बैशाख १६ २०७८

  • 1.8K
    SHARES

  • मनाङेलाई मन्त्री बनाए पनि गण्डकी सरकार अल्पमतमा, यस्तो छ गणित

    काठमाडौँ – गण्डकीमा गुम्दै गरेको सत्ता जोगाउन जुनसुकै हतकण्डा अपनाउन तयार बनेको नेकपा एमालेले गुण्डा नाइके भनेर चर्चित स्वतन्त्र हैसियतमा रहेका सांसद दीपक मनाङे अर्थात राजीव गुरुङलाई मन्त्री उपहार दिएको छ ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई आज युवा तथा खेलकूद मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री मनाङेले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

    मन्त्री बनेपछि प्रतिक्रिया दिँदै मनाङले आफूले युवाहरुलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । उहाँले युवाहरुले विदेश जान नपर्ने गरी आफूले योजनावद्ध ढंगले काम गर्ने बताउनुभयो । गुण्डा पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका मनाङेले मन्त्री बनेपछिको अनुभूति बताउन पत्रकारले गरेको आग्रहमा अघिल्लो दिन सुत्न नपाएकाले निन्द्रा लागिरहेको बताउनुभयो ।

    हिजो स्वस्थ रहेका सांसदलाई कीर्ते कागजात तयार गरी आइसियूमा भर्ना गरेको र आज गुण्डा पृष्ठभूमिबाट राजनीतिमा छिरेका मनाङेलाई मन्त्री बनाएपछि सत्तारुढ नेकपा एमालेप्रति आक्रामक टिप्पणीहरु भइरहेका छन् । सामाजिक सञ्जालमार्फत धेरैले एमाले पार्टीको वास्तविकता उदांगो भएको प्रतिक्रिया जनाइरहेका छन् ।

    कतिपयले भने जनताबाट अनुमोदित भएका व्यक्तिले मन्त्री बन्नुलाई अनौठो घटनाका रुपमा नबुझ्न आग्रह गरिरहेका छन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले गण्डकीका पछिल्ला घटनाहरुलाई संसदीय व्यवस्थाको बिकृत नमुनाको संज्ञा दिनुभयो । जनताले कम्युनिष्टलाई दिएको दुई तिहाई बहुमतको अपमान भएको उहाँको भनाइ छ ।

    यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गण्डकीमा सत्ताधारी एमालेले लोकतत्त्रको सतित्व हरण गरेको आरोप लगाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार ढल्न थालेपछि एमालेले अनेक प्रपञ्च गरिरहेको बताउनुभयो । उहाँले कोरोना संक्रमित भएको भनेर आइसियूमा भर्ना हुने जनमोर्चाका सांसद खिमबिक्रम शाहीलाई पनि कारबाही गरिनुपर्ने बताउनुभयो ।

    सत्ताको चलखेलमा फसेका सासद शाहीलाई एक मिनेट पनि पदमा राख्न नहुने पौडेलको भनाइ छ । उहाँले कीर्ते कागजात तयार पार्ने अस्पताललाई पनि कारबाही गर्न माग गर्नुभयो ।

    गुण्डा नाइके भनेर चर्चित मनाङलाई मन्त्री बनाए पनि गण्डकी प्रदेशमा एमालको सरकार टिक्ने आधार देखिएको छैन । मनाङेको साथ पाए पनि प्रदेशसभाको अंक गणितमा एमाले अल्पमतमा छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ जनमोर्चाका ३ र जसपाका २ गरी ३१ सीट पुग्छ ।

    चारवटै दलले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेका कारण दीपक मनाङेलाई समेत जोड्दा एमालेसँग २८ मत मात्र छ । बराबरी भएको अवस्थामा निर्णायक मत दिन पाउने सभामुख पनि माओवादीकै भएकोले गण्डकीमा एमालेको सत्तासंकट मोचन भएको छैन ।


    बिहिवार, बैशाख १६ २०७८०७:५९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij