Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज पनि किन भयो कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित ?

आज पनि किन भयो कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित ?

  • बुधवार, बैशाख १५ २०७८

  • 725
    SHARES

  • आज पनि किन भयो कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित ?

    काठमाडौं । कोरोना भाइरस परीक्षणसमेत गरेर आज बस्ने गरी बोलाइएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । महामन्त्री पूर्णबहादुर खड्काले बढ्दो कोरोना संक्रमण महामारीका कारण आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    समसामयिक राजनीति, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको थियो । यसअघि सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमण बढेको भन्दै परीक्षण गरेर मात्रै बस्ने गरी आजका लागि स्थगित भएको थियो ।

    मंगलबार कांग्रेसले सबै नेता र कर्मचारीको कोरोना परीक्षण गराएको थियो । तर, अन्तिम समयमा कोरोनाकै कारण देखाउँदै बैठक स्थगित भएको छ । अर्को बैठक कहिले बस्ने भन्ने पछि जानकारी गराइने महामन्त्री खड्काले बताउनुभयो ।

     


    बुधवार, बैशाख १५ २०७८०१:१७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij