Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

  • सोमवार, बैशाख १३ २०७८

  • 1.1K
    SHARES

  • स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

    काठमाडौँ – नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन (बन्दाबन्दी) गर्न आग्रह गरेको छ।

    संघले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो।

    संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।

    अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ । त्यस्तै निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बीमा प्रभावकारी रुपमा लागू गर्न पनि संघले माग गरेको छ ।

    संघले चिकित्सकलाई सुरक्षाका उपाय अपनाएर आफू सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न आगह गरेको छ ।

    त्यस्तै कोभिड–१९ को नयाँ भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउन पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई संघले आग्रह गरेको छ।


    सोमवार, बैशाख १३ २०७८०५:२७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij