Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लगाउने तयारी, मन्त्रिपरिषद्को निर्णय बाँकी

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लगाउने तयारी, मन्त्रिपरिषद्को निर्णय बाँकी

  • सोमवार, बैशाख १३ २०७८

  • 824
    SHARES

  • काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लगाउने तयारी, मन्त्रिपरिषद्को निर्णय बाँकी

    काठमाडौं - काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ललितकुमार बस्नेतले जानकारी दिनुभएको छ ।

    यसको औपचारिक निर्णय केहीबेरमा सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो । उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी छ ।

    सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने पनि सहायक प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।

    दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ । आज बिहान काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो ।

    यसैबीच, आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बस्ने बैठकमा पछिल्लोसमय बढ्दै गएको कोरोना संक्रमण जोखिमबारे छलफल हुने बताइएको छ ।

    आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमण रोकथामका लागि गरेको सिफरिसबारे छलफल हुने बताइएको छ ।

    सिसिएमसीको हिजोको बैठकले संक्रमण बढेको स्थानमा निषेधाज्ञासम्बन्धी निर्णय लिने अधिकार स्थानीय प्रशासनलाई दिनुपर्ने प्रस्ताव गरेको थियो ।

     


    सोमवार, बैशाख १३ २०७८०४:०६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij