Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सिफारिस

एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सिफारिस

  • शनिवार, बैशाख ११ २०७८

  • 1.3K
    SHARES

  • एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सिफारिस

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।

    यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ । यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

    हाल विश्वभर फैलिएको कोरोनाको नयाँ लहरका कारण नेपालमा पनि दिनहुँ हजारौको संख्यामा संक्रमित भेटिन थालेका छन् । यस्तै, शून्यमा झरेको मृत्यु संख्यामा पनि वृद्धि भएको छ ।


    शनिवार, बैशाख ११ २०७८०२:५२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij