Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा एकैदिन थपिए २५५९ कोरोना संक्रमित, काठमाडौँ उपत्यकामा मात्रै ९४० जना

नेपालमा एकैदिन थपिए २५५९ कोरोना संक्रमित, काठमाडौँ उपत्यकामा मात्रै ९४० जना

थप ५ कोरोना संक्रमितको मृत्यु
  • शुक्रवार, बैशाख १० २०७८

  • 747
    SHARES

  • नेपालमा एकैदिन थपिए २५५९ कोरोना संक्रमित, काठमाडौँ उपत्यकामा मात्रै ९४० जना

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ हजार ४ सय ४९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११० जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भएको छ ।

    ८ हजार ७९८ जनाको पीसीआर र ८६६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
    यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७६०, भक्तपुरमा ७४ र ललितपुरमा १०६ जना गरी उपत्यकामा ९४० जनामा कोरोना पुष्टि भएको हो ।
    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

    यसैगरी २४ घण्टामा ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । निको हुनेको दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
    मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ पुगेको छ ।


    शुक्रवार, बैशाख १० २०७८०५:२२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij