काठमाडौं । गायक प्रकाश बस्नेतको पहिलो गीत ‘माया गर नगर’ बजारमा आएको छ ।
गीतमा तिलक बस्नेतको संगीत रहेको छ घने गायक प्रकाश स्वयंको शब्द रहेको छ । गीतमा कलाकार गौरब पहाडी र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।
उक्त म्युजिक भिडियोको निर्देशन शिर्जन बराल ऋषी मुस्कानले गरेका हुन् ।
गीतको एरेन्जर र रेकर्डिस्ट सुदिप सागर र बिमल छिनाल हुन भने मिक्सिङको काम एच बि एन किस्मतले सम्पन्न गरेका छन् ।
भिडियोको सिनेम्याटोग्राफर दिपक गिरी र सम्पादक अमृत चापागाँई हुन । पोस्ट प्रोडक्सनको काम भने जनता डिजिटल फिल्म्सले गरेको हो ।
आफ्नो पहिलो गीतबाट अहिलेसम्म राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै गायक प्रकाश बस्नेतले यसले आफुलाई सांगीतिक क्षेत्रमा निरन्तर लाग्न थप प्रेरणा मिलेको बताएका छन्।