काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा कुम्भमेलामा सहभागी भएर आइतबार स्वदेश फर्कनुभएका उहाँहरुलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।
पूर्वराजा शाहनिकट स्रोतका अनुसार भारतबाट फर्किएर आएलगत्तै शाह दम्पतिले कोरोना परीक्षण गराउनुभएको थियो ।
शाह दम्पतिको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।