Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीलाई रावलको चुनौति : एमसीसी लागू गर्ने कि नगर्ने भन्नेबारे मतदानमा जाऔं

ओलीलाई रावलको चुनौति : एमसीसी लागू गर्ने कि नगर्ने भन्नेबारे मतदानमा जाऔं

  • सोमवार, बैशाख ६ २०७८

  • 911
    SHARES

  • ओलीलाई रावलको चुनौति : एमसीसी लागू गर्ने कि नगर्ने भन्नेबारे मतदानमा जाऔं

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले एमसीसीबारे मतदानमा जान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाडो चुनौति दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले अधिकांश नेपाली नागरिकले एमसीसी सम्झौताको विरोध गरिरहेको प्रष्ट पार्दै एमसीसी देशमा लागू हुँदा कति नेपाली नागरिक खुशी छन् भन्ने एकिन तथ्यांक जान्न मतदानमा जान ओलीलाई चुनौति दिनुभएको हो ।

    फरक प्रसंगमा नेता रावलले पार्टी अध्यक्ष ओलीले सोमबार (आज)का लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भन्नुभएको छ ।

    एमालेको नवौं महाधिवेशन मान्ने जो कोहिले ओलीले बोलाएको बैठक बहिष्कार गर्ने दावी गर्दै उहाँले अवैध बैठकमा आफू सहभागी नहुने जानकारी दिनुभएको छ । 

    आवेशमा आएर कुनै पनि निर्णय गर्न नहुने नेता रावलले प्रष्ट पार्नुभयो ।

    नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा आफू सधैँ बोल्ने दावी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक मर्यादा नाघेर पद जोगाउन खोजेको आरोप लगाउनुभयो ।


    सोमवार, बैशाख ६ २०७८०७:४५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij