Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता समीकरणबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै

सत्ता समीकरणबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै

  • आइतवार, बैशाख ५ २०७८

  • 938
    SHARES

  • सत्ता समीकरणबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै छ ।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने छ ।

    काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म एमाले नेतृत्वको सरकारको विकल्पमा अन्य दलसँग सहकार्य गरेर जाने नीति लिएको छ ।

    एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिने अग्रसर हुने निर्णय लिएको काँग्रेस प्रदेशमा पनि एमाले सरकार ढाल्न प्रयासरत छ ।

    एमालेकै माधव नेपाल पक्षले ओली समूहलाई साथ नदिएने संकेत देखाएकाले अन्य प्रदेशमा पनि सत्ता परिवर्तन हुने अनुमान छ । यस विषयमा पनि बैठकमा छलफल हुने छ ।


    आइतवार, बैशाख ५ २०७८११:२३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij