Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भिजिट भिसामा मलेसिया गएर लुकेकाहरुले वैशाख ९ सम्म स्वदेश फर्किनुपर्ने

भिजिट भिसामा मलेसिया गएर लुकेकाहरुले वैशाख ९ सम्म स्वदेश फर्किनुपर्ने

  • आइतवार, बैशाख ५ २०७८

  • 1.6K
    SHARES

  • भिजिट भिसामा मलेसिया गएर लुकेकाहरुले वैशाख ९ सम्म स्वदेश फर्किनुपर्ने

    काठमाडौं । विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ ।

    मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।

    भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नुपर्ने छ ।

    २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्ने छ ।

    मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ ।

    भ्रमण भिसामा गएका विदेशी स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्ने छ तर त्यसपछि पनि मलेसिया बस्नेलाई भने धेरै जरिवाना तिराउन सक्ने छ ।

    मलेसियामा रहेको नेपाली दूतावासले राहदानी नभएकाले दूतावासमा आई ३६० रिङ्गिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ ।
    आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    आइतवार, बैशाख ५ २०७८०७:१६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij