काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सभामुख पद आफ्नो अनुकुलतामा ल्याउन प्रधानमन्त्री लागिपरेको आरोप लगाउनुभएको छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै संवैधानिक पद आफ्नो पक्षमा पारेर निरंकुशता लाद्नका लागि सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश पोख्नुभएको आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले अहिले कोरोनाभाइरसको संक्रमण भयावह भएको उल्लेख गर्दै एमसीसीभन्दा कोरोना महामारीविरुद्ध लड्नु आवश्यक रहेको जिकीर गर्नुभएको छ ।
नेकपाको बामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई सखाप पार्ने खेलमा प्रधानमन्त्री ओली लागेको टिप्पणी पनि उहाँले गर्नुभएको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरिसकेको जानकारी दिँदै नेता पौडेलले बिश्वासको मत फिर्ता र प्रधानमन्त्री ओलीविरुद्ध अबिश्वासको प्रस्ताव एकैचोटी पेश गर्ने बताउनुभएको छ ।