Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यसकारण मध्यरातमै गरियो गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य (पत्रसहित)

यसकारण मध्यरातमै गरियो गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य (पत्रसहित)

  • बिहिवार, बैशाख २ २०७८

  • 865
    SHARES

  • यसकारण मध्यरातमै गरियो गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य (पत्रसहित)

    काठमाडौं । चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ ।

    सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यसम्बन्धी पत्र आज बिहान प्रदेशसभामा पुगेको छ ।

    173531577_1680943392089152_3179264627896789799_n.jpg

    बिहान १०ः ३० बजे मात्र पत्र आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो ।

    त्यसैगरी, बैशाख ६ गतेका लागि अर्को बैठक तोकिएको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । तर मध्यरातमै अधिवेशन अन्त्य भयो ।
    यता, बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताउनुभएको छ ।

    प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । बैठक सञ्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।

    उता, कर्णाली प्रदेशका सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार बस्ने प्रदेशसभा बैठकको एजेण्डा तय गर्न परामर्श समितिको बैठक बोलाइएको हो ।

    एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार, बैठक दिउँसो २ बजे बोलाइएको छ । यो प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एमालेले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । दोस्रोपटक पेश भएको अविश्वासको प्रस्ताव सामना गर्ने मुख्यमन्त्री शाहीले बताउनुभएको छ ।

     

     


    बिहिवार, बैशाख २ २०७८१२:१०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij