Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

  • बिहिवार, बैशाख २ २०७८

  • 1.5K
    SHARES

  • मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

    महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ ।

    महाशाखाले आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भइरहेको जनाएको छ ।

    यसैगरी, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । भने, देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

    देशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।


    बिहिवार, बैशाख २ २०७८०८:२५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij