Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्याब्सनका अध्यक्ष पुरी भन्छन् : संक्रमण जोखिम उच्च रहेका विद्यालय बन्द गर्नुपर्छ

प्याब्सनका अध्यक्ष पुरी भन्छन् : संक्रमण जोखिम उच्च रहेका विद्यालय बन्द गर्नुपर्छ

  • बिहिवार, बैशाख २ २०७८

  • 898
    SHARES

  • प्याब्सनका अध्यक्ष पुरी भन्छन् : संक्रमण जोखिम उच्च रहेका विद्यालय बन्द गर्नुपर्छ

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले कोरोनाको संक्रमण जोखिम उच्च रहेका स्थानका विद्यालय बन्द गर्नुपर्ने बताउनुभएको छ ।

    उहाँले देशैभरका विद्यालय एकै चोटी बन्द गर्नुभन्दा जुन स्थानमा संक्रमण जोखिम उच्च भयो ती विद्यालय बन्द गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष पुरीले अन्य सबै भिडभाड हुने गतिविधि गरेर विद्यालयलाई मात्रै सङ्क्रमण फैलाउने क्षेत्र भनेर व्याख्या गरिन नहुने पनि प्रष्ट पार्नुभएको छ ।

    उहाँले स्वास्थ्य मापदण्ड पालनाबारे शैक्षिक संस्थामा विद्यालयमा अनुगमन निरीक्षण अहिलेको आवश्यक्ता रहेको दावी गर्नुभएको छ ।

    अध्यक्ष पुरीले शैक्षिक संस्था लामो समय बन्द गर्दा विद्यार्थीको पढाइमा असर पर्ने भन्दै अरु विकल्पका विषयमा पनि सरकारले सोच्नुपर्ने धारणा राख्नुभयो ।


    बिहिवार, बैशाख २ २०७८०७:१८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij