पोखरा । गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङका गरी १२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै आज थपिएका मध्ये तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक–एक जना हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ ।
गण्डकीमा १००४ जना भने डिस्चार्ज भएर घर फर्केका छन् । मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गण्डकी प्रदेशमा एक हजार ८२४ जना क्वारेन्टाइनमा छन् ।