Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारतमा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र ?

भारतमा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र ?

  • आइतवार, चैत्र २९ २०७७

  • 1.7K
    SHARES

  • भारतमा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला भारत भ्रमणमा छन् । त्यहाँ उनी तीर्थयात्राका क्रममा रहेको बताइएको छ । ज्ञानेन्द्रको निजी सचिवालयका अनुसार उनी यतिवेला हरिद्वारमा छन् ।

    ज्ञानेन्द्र र पूर्वरानी कोमलसहित पूर्वराजपरिवारसहितको टोली बिहीबार त्यसतर्फ प्रश्थान गरेको हो । उक्त टोली उत्तराखण्ड राज्यअन्तर्गत हिन्दूहरुको प्रमुख धार्मिकस्थल हरिद्वारमा आयोजना हुने महाकुम्भमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।
    मुलतः ज्ञानेन्द्र निरञ्जन पीठाधीश्वर स्वामी कैलाशानन्दको निमन्त्रणामा हरिद्वार गएका हुन् ।

    हरिद्वारको गंगा किनारमा रहेको अनादि सिद्ध पीठ दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारणका साथ पूर्वराजा ज्ञानेन्द्रको स्वागत गरिएको छ ।

    gyanendra_shah_haridwar.jfif

    अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष महन्त नरेन्द्र गिरी, मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष रवीन्द्र पुरी लगायतका अन्य थुप्रै साधु सन्तले पूर्वराजाको स्वागत गरेका छन् ।

    हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्रले दक्षिणकालीको पूजा अर्चनासमेत गरेका छन् । यसअघि पूर्वराजाले त्यहाँ पुगेका नेपालीहरुसँग भेटघाट गरेका थिए ।

    पूर्वराजा शाहको एउटा सार्वजनिक कार्यक्रममा अभिनन्दन गरिनेसमेत कार्यक्रम छ ।

    ज्ञानेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनी आज र सोमबार हरिद्वारमै रहने कार्यक्रम छ ।

    आज साँझ उनको १० हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ ।

    हिन्दूहरुको पवित्र धार्मिकस्थल हरिद्वारमा महाकुम्भका अवसरमा चैत ३० गते पूर्वराजा ज्ञानेन्द्रले हिन्दू सम्राटको हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका रहेको छ । पूर्वराजा शाहका सञ्चार विज्ञ फडीराज पाठकले विज्ञप्ति जारी गरेर महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा शाही स्नानमा सहभागी हुन लागेको जानकारी दिएका छन् ।

    169151543_462264914828238_4934773435284289939_n.jpg

    सोमबार पूर्वराजा ज्ञानेन्द्रले गंगामा स्नान गर्नेछन् । यस दिन अमावस्या र सोमवती अमावस्याको विशेष मुर्हत परेको छ । ज्ञानेन्द्रलाई महाराजाको मान र दरबार, नेपाली झण्डासहितको रथबाट शाही जुलुससहित सम्मानपूर्वक शाही स्नान गराउने कार्यतालिका रहेको छ ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार हरिद्वारमा पूर्वराजा शाहलाई उत्तराखण्डका मुख्यमन्त्री तीर्थसिंह रावतले नेपालका राजाको हैसियतमा विशेष स्वागत गरेका छन् । त्यसै अनुसार शाही टोलीको सुरक्षा प्रबन्ध मिलाइएको छ ।

    शाही स्नान कार्यक्रममा उत्तरखण्डका मुख्यमन्त्री रावतसँगै स्वामी कैलाशानन्द गिरी, , केदारनाथका पिठाधीश लागायत साधु–सन्त उपस्थित हुनेछन् । कुम्भ मेलामा सहभागी हुन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवत पनि हरिद्वार आएका छन् ।

    Former_King_Gyanendra_meeting_with.2e16d0ba.fill-650x500.jpg

    यसअघि पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने शुभेच्छा राख्ने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गत जनवरीमा लखनऊमा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा आमन्त्रण गरेर ‘नेपालका नरेश’ भनेर सम्मान गरेका थिए ।

    ज्ञानेन्द्र हालै दार्जिलिङ पनि गएका थिए । त्यहाँ पनि उनको भव्य स्वागत भएको थियो ।

    नेपालमा राजनीति तरल अवस्था आइरहेका वेला भारतले पूर्वराजा ज्ञानेन्द्रलाई भव्य सम्मान गरिरहेकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतले नेपालमा पुनः राजतन्त्रको कार्ड पालेको कतिपयले विश्लेषण गरिहेका छन् । यसबाट राजावादीहरु उत्साही भएको पाइएको छ ।

     


    आइतवार, चैत्र २९ २०७७०२:११:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij