Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

'चिरायु हस्पिटल सबै रोगको उपचारको केन्द्र हो' : निर्देशक राजभण्डारी

'चिरायु हस्पिटल सबै रोगको उपचारको केन्द्र हो' : निर्देशक राजभण्डारी

  • शनिवार, चैत्र २८ २०७७

  • 2.2K
    SHARES

  • 'चिरायु हस्पिटल सबै रोगको उपचारको केन्द्र  हो' : निर्देशक राजभण्डारी

    काठमाडौं । काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युटले विगत ७ वर्षदेखि सबै किसीमका रोगका बिरामीलाई सेवा दिदै आएको छ । सानो क्लीनिकबाट सुरु भएको चिरायु २०७० सालदेखि नेसनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युटको रुपमा स्थापित भएको छ ।

    प्राइभेट हस्पिटल चिरायुमा सिनियर र दक्ष डाक्टरले सातै दिन र २४ सै घण्टा सेवा दिदै आएको हस्पिटलका निर्देशक संजिव राजभण्डारीले बताउनुभयो । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘हाम्रो स्वास्थ्य’मा निर्देशक राजभण्डारीले भन्नुभयो–‘मुटुको सर्जरी बाहेक अरु सबै सर्जरी सेवा दिदै आएका छौँ, र बचाउनै सक्दैनौ भन्नेसम्मका कोभिड संक्रमित बिरामीलाई निको बनाए पठाएका छौँ । ’

    प्राइभेट हस्पिट चिरायुले सेवासुविधामा सरकारी हस्पिटल जत्तीकै सस्तो नभएपनि कोरोना महामारीको अवस्थामा कमाउने भन्दा सेवा दिने समय भएको भन्दै अरु हस्पिटलभन्दा धेरै सस्तो सेवा दिदै आएको छ ।

    लुटतन्त्र हुनुहुँदैन भन्ने मुख्य कुरालाई आत्मसाथ गर्दै सेवा दिदै आएको निर्देशक राजभण्डारीको भनाइ छ । बिरामीको आवश्यकतालाई ध्यानमा राख्दै सातै दिन र २४ सै घण्टा नै फार्मेसी सेवालाई संचालन गरेको चिरायुले नयाँ वर्ष २०७८ सालमा निःशुल्क डायलासिस सेन्टर लगायतका धेरै सेवाहरु सञ्चालन गर्दै छ ।

    हस्पिटलको बारेमा थप जानकारी लिन निर्देशक राजभण्डारीसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सक्नुहुनेछ ।

     

     

     

     


    शनिवार, चैत्र २८ २०७७०२:४८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij