Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक : विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने कार्यसूचि

प्रतिनिधिसभा बैठक : विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने कार्यसूचि

  • बिहिवार, चैत्र २६ २०७७

  • 718
    SHARES

  • प्रतिनिधिसभा बैठक : विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने  कार्यसूचि

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

    आजको बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ ।

    संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो ।

    २०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसले फरक मत राखे पनि सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।

    समितिबाट विधेयक पारित भएपछि कांग्रेसले विज्ञप्ती निकालेर उक्त विधेयक सच्याउन माग गरेको थियो ।

    वाक तथा प्रकाशन स्वतन्त्रतामा अंकुश लगाउने कतिपय प्रावधान समेटिएको भन्दै उक्त विधेयकको कांग्रेससहित सञ्चारमाध्यमहरुले विरोध जनाउँदै आएका छन ।


    बिहिवार, चैत्र २६ २०७७०९:१९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij