Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवाको दाबी, ‘कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहँदैन’

देउवाको दाबी, ‘कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहँदैन’

  • बुधवार, चैत्र २५ २०७७

  • 1.0K
    SHARES

  • देउवाको दाबी, ‘कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहँदैन’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस संकटमा नरहेको भन्दै कार्यकर्तालाई कमजोर नबन्न आग्रह गर्नुभएको छ ।

    कांग्रेस नेता नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्यतिथिका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै सभापति देउवाले पार्टीमा कुनै किसिमको विवाद नरहेको बताउनु भएको छ । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको दाबी गर्नुभयो ।

    उहाँले पार्टीका नेता कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन आग्रहसमेत गर्नुभएको छ ।

    ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन र भोलि पनि रहँदैन’, उहाँले भन्नुभयो, ‘कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । पार्टी जीत हारले संकटमा हुँदैन । धेरैपटक हामी हारेका छौँ, धेरै पटक जितेका पनि छौँ । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफंैले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’

    सभापति देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनु भयो ।
    श्रद्धाञ्जलि सभामा सभापति देउवाले स्व. जोशीले पार्टीका लागि र मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो ।

    उहाँले स्व. नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताउनुभयो ।

    कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाले स्व. जोशीले थालेका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

     


    बुधवार, चैत्र २५ २०७७०२:१८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij