Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

  • शनिवार, चैत्र २१ २०७७

  • 866
    SHARES

  • पछिल्लो २४ घण्टामा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकभर थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २ हजार ७२७ पीसीआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै हालसम्म मुलुकभर २ लाख ७७ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ लाख ७३ हजार १२३ जना उपचारपछि निको भइसकेका छन् ।

    शनिवारमात्रै १ सय ६१ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार अहिले निको भएको दर ९८.३ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घन्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।


    शनिवार, चैत्र २१ २०७७०४:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij