काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा आज स्थानीय वायुको सामान्य प्रभावका कारण मौसममा सामान्य बदली हुने छ ।
महाशाखाले जारी गरेकोआजको मौसम पूर्वानुमानमा हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ ।
यसैगरी, आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुन सक्ने सम्भावना छ ।
अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । भने प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।