Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

निर्धन उत्थान लघुवित्त संस्थाले झण्डै २२ लाख रुपैयाँ छात्रवृत्ति वितरण गर्दै

निर्धन उत्थान लघुवित्त संस्थाले झण्डै २२ लाख रुपैयाँ छात्रवृत्ति वितरण गर्दै

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.4K
    SHARES

  • निर्धन उत्थान लघुवित्त संस्थाले झण्डै २२ लाख रुपैयाँ छात्रवृत्ति वितरण गर्दै

    काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड टिकाथली शाखाले दुई जना विद्यार्थीलाई डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गरेको छ।

    हरेक वर्ष प्रदान गरिँदै आएको उक्त छात्रवृत्ति टिकाथली शाखाले यस वर्ष संस्थाद्वारा सञ्चालित नवदित महिला समूहकी सदस्य महालक्ष्मी राइको छोरी प्रनिता राइ र ओचुख समूहका सदस्य लक्ष्मी बज्राचार्यका छोरा सुदिन बज्राचार्यलाई प्रदान गरेको हो ।

    दुवै जनालाई जनही ६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो । एक कार्यक्रमकाबीच आज उक्त छात्रवृत्ति टिकाथली शाखाकी प्रबन्धक बन्दना ज्ञवाली अधिकारीले वितरण गर्नुभयो ।

    167395125_268686388182850_4060627363483975160_n.jpgनिर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना १८१ शाखामार्फत हरेक वर्ष ३६२ जना विद्यार्थीलाई २१ लाख ७२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ।

    यस वर्षको छात्रवृत्ति रकम चैत मसान्तभित्र सबै शाखामार्फत वितरण गरिसक्ने निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले जानकारी दिनुभयो।

     


    बिहिवार, चैत्र १९ २०७७०६:२०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij