Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लापरवाहीले गर्दा कोरोनाको दोस्रो चरण नेपालमा प्रवेश गर्ने खतरा : डा.पुन

लापरवाहीले गर्दा कोरोनाको दोस्रो चरण नेपालमा प्रवेश गर्ने खतरा : डा.पुन

‘सबैजना आफ्नो स्वास्थ्यप्रति सजक बन्ने हो भने लकडाउन जरुरी छैन्’
  • बिहिवार, चैत्र १९ २०७७

  • 920
    SHARES

  • लापरवाहीले गर्दा कोरोनाको दोस्रो चरण नेपालमा प्रवेश गर्ने खतरा : डा.पुन

    काठमाडौं । सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले नेपालमा पनि कोरोना भाइरसको दोस्रो चरण प्रवेश गर्ने संकेत देखिएको खुलासा गर्नुभएको छ ।

    भारतबाट भित्रने मानिसहरुको व्यवस्थापनमा लापरवाही गर्दा कोरोनाको दोस्रो चरण प्रवेश गर्ने खतरा उच्च रहेको उहाँले जानकारी दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.पुनले सीमानाकामा कडाई र सबैले सर्तकता नअपनाउँदा देशमा पुनः कोरोना कहर सुरु हुने संकेत देखिएको स्पष्ट पार्नुभयो ।

    विगत एक हप्तामा कोरोना संक्रमितको ग्राफ उकालो लागेको उहाँले उल्लेख गर्नुभएको छ । जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नगर्दा विद्यालयहरु कोरोना हटस्पर्ट बन्न थालेको डा.पुनको बुझाई छ ।

    सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि विगतका कमीकमजोरी सच्याएर योजना बनाउनुपर्ने उहाँले सुझाव दिनुभएको छ ।

    डा.पुनले विगतमा कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको व्यवस्थापनमा भएका कमजोरीबारे बृहत् छलफल गरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो ।

    लकडाउन कोरोनाभाइरस संक्रमण नियन्त्रणको प्रभावकारी उपाय नभएकाले तत्काल लकडाउन नगर्नुपर्ने उहाँको दावी छ । डा.पुनले सबै नागरिक आफ्नो स्वास्थ्यप्रति सजक र सचेत बन्ने हो भने लकडाउन आवश्यक नरहेको प्रष्ट पार्नुभएको छ ।


    बिहिवार, चैत्र १९ २०७७०६:२६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij