Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खनाल–नेपाल पक्षका सांसदले लिए मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

खनाल–नेपाल पक्षका सांसदले लिए मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

  • बुधवार, चैत्र १८ २०७७

  • 1.2K
    SHARES

  • खनाल–नेपाल पक्षका सांसदले लिए मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा (एमाले)का प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् ।

    एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।
    एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताउनुभएको छ ।

    यसअघि एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

    गत पुस १० गते नेकपा (माओवादी केन्द्र) र खनाल–नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

    यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।

    यसैबीच एमालेको बागमती प्रदेशसभा संसदीय दलको बैठक आज दिउँसो काठमाडौंमा बस्दै छ ।

     


    बुधवार, चैत्र १८ २०७७१२:३९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij