Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चिनियाँ अनुदानको आठ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौंमा

चिनियाँ अनुदानको आठ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौंमा

  • सोमवार, चैत्र १६ २०७७

  • 932
    SHARES

  • चिनियाँ अनुदानको आठ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौंमा

    काठमाडौं । चिनियाँ अनुदानको आठ लाख डोज कोरोनाभाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

    चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप आज काठमाडौं आईपुगेको हो । दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

    चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुदै काठमाडौं ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख डोज खोप नेपाल ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनको राजधानी बेइजिङ पठाइएको थियो ।

    चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई नेपाल ल्याइए पनि प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने बताइएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गरिने छ ।


    सोमवार, चैत्र १६ २०७७०९:३३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij