काठमाडौं । चीनले अनुदानमा दिने आठ लाख डोज कोरोनाविरुद्धको खोप सोमबार (आज) नेपाल पुग्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार (हिजो) बिहान चीन गएको छ । माघ १८ मा तीन लाख खोप सहायता गर्ने बताएको चीनले १७ फागुनमा त्यसलाई बढाएर आठ लाख दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो ।
नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा १२ सातापछि (७ वैशाखमा) मात्र लगाउने सरकारी तयारी छ ।