काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अपराह्नपछि देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन-चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार र सोमबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।