Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वायु प्रदुषण बढेकाले स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयको आग्रह

वायु प्रदुषण बढेकाले स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयको आग्रह

  • शनिवार, चैत्र १४ २०७७

  • 899
    SHARES

  • वायु प्रदुषण बढेकाले स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको वायु प्रदुषण बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

    अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यका भित्रको वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ ।

    यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदे अपिल जारी गरेको हो ।

    मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम–खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिकले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयद्वारा जारी अपिल

     
     

     
     

    भर्खर


    शनिवार, चैत्र १४ २०७७०७:०९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij