Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज

  • शनिवार, श्रावण ३ २०७७

  • 728
    SHARES

  • कर्णाली प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज

    सुर्खेत । कर्णाली प्रदेशमा आज ४ जना कोरोना संक्रमित फेला परेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमको ३ जना र सल्यानका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमित हुनेमा रुकुमपश्चिम बाँफीकोट गाउँपालिका–९का ३४ वर्षीय पुरुष, १० का २७ वर्षीय पुरुष, चौरजहारी नगरपालिका–९ का २७ वर्षीय पुरुष र सल्यान कुमाख गाउँपालिकाका ४० वर्षीय पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

    योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या १७२७ पुगेको छ । कर्णालीमा शनिबार १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । र्खेतको लेकबेसी आइसोलेसनबाट १ जना, दैलेख अस्पतालबाट ३ जना, रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना गरी १७ जना डिस्चार्ज भएको डा. तिवारीले बताउनुभयो ।


    शनिवार, श्रावण ३ २०७७०३:०१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij