काठमाडौँ - नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा माधव नेपाल समूहका नेतासमेत सहभागी हुन बालुवाटार पुगेका छन् ।
वरिष्ठ नेता झलनाथ खनालसहितका नेता बालुवाटार पुगेका हुन् । पार्टी अध्यक्ष ओलीले विधान विपरित काम गरेको भन्दै बैठकमा नजाने अडान लिएका नेपाल समूहका नेता आज र बालुवाटार बैठकमा गएका हुन् । बैठकअघि बसेको केन्द्रीय कमिटीका सदस्यको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको हो ।
नेपाल र खनाल नेपाल समूहले आफ्ना अडानलाई यतावत राख्दै संसदीय दलको बैठकमा जाने निर्णय गरेको रघुजी पन्तले जानकारी दिनुभएको छ ।
नेपाल–खनाल केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा गएरै अडानलाई कायम राख्ने निर्णय गरेको हो ।