Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, ८५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, ८५ जना डिस्चार्ज

  • बिहिवार, चैत्र १२ २०७७

  • 775
    SHARES

  • पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, ८५ जना डिस्चार्ज

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    विभिन्न प्रयोगशालामा २ हजार ८ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ ।

    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको भएका छन् । यससँगै देशभर निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ।

    आजको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या ३ हजार २० रहेको छ । यस्तै सक्रिय संक्रमित १ हजार २ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ ।


    बिहिवार, चैत्र १२ २०७७०५:०१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij