Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

  • बुधवार, चैत्र ११ २०७७

  • 776
    SHARES

  • होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ।

    कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ।

    बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौँ।’

    रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ। बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ।


    बुधवार, चैत्र ११ २०७७०५:२४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij