Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा १५० कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

२४ घण्टामा १५० कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

  • सोमवार, चैत्र ९ २०७७

  • 674
    SHARES

  • २४ घण्टामा १५० कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो।

    योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ।

    पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ ।

    हालसम्म देशभर २२ लाख ४० हजार ९ सय ९८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५१ जना रहेका छन्।


    सोमवार, चैत्र ९ २०७७०४:५४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij