Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना बढ्दैछ, जुलुस र भीडभाड नगर्नू’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना बढ्दैछ, जुलुस र भीडभाड नगर्नू’

  • आइतवार, चैत्र ८ २०७७

  • 1.2K
    SHARES

  • स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना बढ्दैछ, जुलुस र भीडभाड नगर्नू’

    काठमाडौँ – सरकारले कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न आग्रह गरेको छ।

    पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको हो।

    आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।

    विज्ञप्तिमा सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनिएको छ ।

    162727364_1119001175255067_2208782284014128830_n.jpg


    आइतवार, चैत्र ८ २०७७०५:३१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij