Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतले जित्यो लगातार छैटौँ टी–२० शृङ्खला

भारतले जित्यो लगातार छैटौँ टी–२० शृङ्खला

  • आइतवार, चैत्र ८ २०७७

  • 668
    SHARES

  • भारतले जित्यो लगातार छैटौँ टी–२० शृङ्खला

    काठमाडौं । भारतले अन्तिम तथा निर्णायक टी–२० खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको छ ।

    २ वर्षदेखि कुनै सिरिज नगुमाएको भारतले यो लगातार छैटौँ शृङ्खला जितेको हो । उता, पछिल्लो ९ वर्षदेखि भारतीय भूमिमा इङ्ल्याण्डले कुनै पनि द्विपक्षीय शृङ्खला जित्न सकेको छैन । यसअघि सन् २०११ मा इङ्ल्याण्डले भारतलाई हराएको थियो । त्यतिबेला एक खेलको शृङ्खला खेलिएको थियो ।

    शनिबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले २ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतक बनाए । विराटले ५२ बलमा ८० र रोहितले ३४ बलमा ६४ रन बनाए । कोहली प्लेयर अफ द सिरिज चुनिए । उनले ५ खेलमा ११५.५० को औसतले २३१ रन बनाए । यस दौरान उनले नटआउट रहँदै ३ अर्धशतक बनाए ।

    जवाफमा इङ्ग्ल्याण्डको टोलीले ८ विकेटको क्षतिमा १ सय ८८ रन मात्र बनाउन सक्यो । डेविड मलानले ४६ बलमा सबैभन्दा बढी ६८ रन बनाए भने । जोस बटलरले ३४ बलमा ५२ रन बनाए । १५ रन दिएर २ विकेट लिएका भुवनेश्वर कुमार म्यान अफ द म्याच चुनिए ।

    भारतीय क्रिकेट टोलीले सन् २०१९ को नोभेम्बर पछि खेलिएका सबै ६ वटा टी–२० सिरिज जितेको छ ।


    आइतवार, चैत्र ८ २०७७०८:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij